२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

बाणगंगामा थप ११ जनामा कोरोना संक्रमण, ५ वडाका ब्यक्ति संक्रमित



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संकलन गरी गत भदौ २८ गते काठमाण्डौँ पठाइएका ९३ को स्वाबमध्ये ६७ जनाको रिपोर्ट आएकोमा ११ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यी ११ जना नगरका ५ वडाका ब्यक्ति रहेका छन् । त्यसमध्ये धेरै वडा नम्बर ११ का २ पुरुष र २ महिला छन् । नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुासर वडा नम्बर ११ मा ३० र ७४ बर्षका २ पुरुष र ७५ र १६ की २ महिला संक्रमित भएका छन् ।

यस्तै वडा नम्बर ७ का ४६बर्षीय पुरुष, वडा नम्बर १ का २७ बर्षका पुरुष, वडा नम्बर ८ का २४ र २७ बर्षका पुरुष, वडा नम्बर १० का २३ र २९ बर्षका पुरुष र वडा नम्बर ९ की ५० बर्षकी १ महिला रहेकी पौडेलले मायादेवी अनलाइनसंग बताउनु भयो । बाँकीको रिपार्ट पनि छिटै आउने उहाँको भनाई छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७ मंगलबार ००:००  ११ : ०१ बजे