२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

विश्वभर कोरोनाबाट ९ लाख ७५ हजार बढीको मृत्यु



काठमाडौं ।
विश्वभर ३ करोड १७ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ७२ हजार ७१७ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड १७ लाख ७१ हजार ४११ पुगेको छ ।

यस्तै एकै दिन थप ५ हजार ६०५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ७५ हजार ३१० पुगेको छ ।

एकै दिन २ लाख ७७ हजार ६०६ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका बुधबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ३६ लाख ८६ हजार ७१४ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७३ प्रतिशत बढी हो ।

प्रकाशित मिति : ७ आश्विन २०७७ बुधबार ००:००  ८ : ०८ बजे