४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सिरहाका ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु



सिरहा ।
कोरोना भाइरसको संक्रमणबाट बुधबार निधन भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा उनको मृत्यु भएको प्रवक्ता डा दिनेश सापकोटाले जानकारी दिए ।

मस्तिकमा पक्ष्यघात भएर पटक–पटक मृगिको दौरा आउने, टाउको दुख्ने उल्टी आउने भएर अस्पताल भर्ना भएका उनमा असोज ६ गते प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि उनलाई न्यूरो अस्पताल विराटनगरले प्रतिष्ठान रेफर गरेको थियो । उनलाई सोही दिन भर्ना गरिएकोमा गत राति १२ः४५ मा उनको निधन भएको थियो । डा. सापकोटाकाअनुसार उनमा यसअघि पनि अन्य दीर्घरोग रहेको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७७ बुधबार ००:००  ३ : ३९ बजे