१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

भलवाडको कजवे पुलमा आएको बाढीले विद्युत प्राधिकरणको जीप र मोटरसाइकल बगायो



बाबुराम रायमाझी, भलवाड ।

कपिलवस्तुको वाणगंगा नगरपालिका भलवाडको कजवे पुलमा आएको बाढीले जीप र मोटरसाइकल बगाएको छ । विद्युत प्राधिकरण तौलिहवाको जीप कजवेमा आएको बाढीले बगाएको हो । जीपमा विद्युत कार्यलयका कर्मचारी ४ जना सवार रहेको कार्यलय प्रमुख जयकुमार यादवले बताउनुभयो । उनिहरु मध्ये २ जना पौडिएर बाहिर निस्कन सफल भएका छन् भने अन्य २ जनाको जानकारी नभएको कार्यलयले जनाएको छ ।

विद्युत मर्मत सम्भारका लागि फिल्डमा खटिएका कर्मचारी सवार जीप बाढीले बगाएको हो । यसको विस्तृत विवरण आउन बाकी छ । यस्तै भलवाड देखि बनगाई बुटवल जाने यातायातका साधन तथा कार्यालय जाने कर्मचारीहरु बाढीको कारण घण्टौसम्म रोकिनु परेको छ ।

आज कजवे तर्ने क्रममा देबिराम पोखरेलको लु १२ प ३५०३ नम्बरको होण्डा बाइक बाढीले बगाएको हो ।

वाणगंगा ९ साविक भलवाड जिल्लाको सुगम वडा भएपनि वर्षातको समयमा दुर्गमको रुपमा रहेको छ । बाढीको कारण विशेष गरेर सर्पले टोकेका बिरामी, गर्भवति महिलालाई समयमै अस्पताल पु–याउन नसक्दा औषधी उपचारको अभावमा अकालमा मृत्यु हुने गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७ बुधबार ००:००  ४ : ४७ बजे