४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

चितवनमा थपिए १ सय २९ कोरोना संक्रमित



चितवन ।

भरतपुरमा दुई छुट्टाछुट्टै प्रयोगशालामा भएको कोरोना भाइरसको परीक्षणमा चितवनका १ सय २९ जनामा संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको प्रयोगशालामा बुधबार भएको परीक्षणमा ४ सय ७९ नमुनामध्ये १ सय ४० जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । जसमध्ये १ सय २६ जना चितवनका छन् । अन्य १४ जना चितवन बाहिरका व्यक्तिहरु रहेको अस्पतालले निकालेको सूचनामा उल्लेख छ ।

भरतपुरको सरकारी अस्पतालको प्रयोगशालामा बुधबार नै भएको १ सय ४९ वटा नमुनाको परीक्षणमा तीन जनामा संक्रमण भेटिएको थियो । उनीहरु तीनजना नै चितवनका थिए । दुईवटा प्रयोगशालामा भएको परीक्षणपछि चितवनका मात्रै एकै दिन १२९ जनामा संक्रमण पुष्टि भएको हो । परीक्षण नतिजा दुवै अस्पतालले बिहीबार सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति : ८ आश्विन २०७७ बिहिबार ००:००  २ : ३१ बजे