४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कोरोनाको कारण कपिलवस्तुकी ७० वर्षीया वृद्धाको मृत्यु



बुटवल ।

कपिलवस्तुकी कोरोना संक्रमित महिलाको बुटवलस्थित कारोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार उपचारको क्रममा कपिलवस्तुकी ७० वर्षीया वृद्धाको बिहीबार साँझ साढे ५ बजे मृत्यु भएको हो । मृत्युबारे बुटवलमा बुझ्दा बनगाई भनिए पनि वडा खुलेको थिएन । यसबारे बाणगंगा नगरपालिकासंग बुझ्दा बाणगंगाा ११ की महिलाको मृत्यु भएको बताइएको छ ।

उनी असोज ५ गते अस्पताल भर्ना भएकी थिइन् । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको भएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ । डा गौतमका अनुसार उनी दमका रोगी थिइन् ।

बिहीबार नै बुटवलको कोरोना अस्पतालमा उपचाररत नवलपरासी पश्चिम र कपिलवस्तुका दुईजना संक्रमितको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०७७ बिहिबार ००:००  ७ : २६ बजे