आजदेखि लगातार झरी नपर्ने, कतै कतै भने ठूलो पानी पर्ने


काठमाडौं ।
आजदेखि पानी कम पर्दै जाने मौसमविद्ले बताएका छन् । हिजो र अस्ति देशभरि नै झरी पारेको प्रणाली कमजोर हुँदै गएकाले आजदेखि पानी कम पर्दै जाने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो । तर केही ठाउँमा भने आज पनि ठूलो पानी पर्ने संभावना रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँकाअनुसार प्रदेश १ र २ का थोरै तथा वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकरदुई ठाउँमा आज पनि ठूलो पानी पर्ने संभावना छ । अरु ठाउँमा पनि हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । तर हिजोअस्तिको जस्तो लगातार झरीको संभावना भने नभएको मौसमविद् पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुदूरपश्चिमबाट मौसम खुल्दै गएको छ । तर देशभरिकै मौसम पूर्णरुपमा खुल्न भने समय लाग्नेछ । आज दिउँसो एकैछिन घाम लागे पनि फेरि बादल लाग्ने उहाँको भनाइ छ । तर भोलिदेखि भने मौसम खुल्दै जाने उहाँले बताउनुभयो । यो प्रणाली हटेपछि बिस्तारै मनसुन सकिने र चिसो बढ्दै जाने छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस