४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

पर्सामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु



वीरगञ्ज ।

पर्सामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। पर्साको पोखरिया नगरपालिका १ निवासी ७७ वर्षका संक्रमित पुरुषको वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेज अस्थायी कोरोना विशेष अस्पतालमा उपचारको क्रममा बिहीबार राति साढे ८ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डाक्टर असरफ हुसैनले जानकारी दिए।

असोज ७ गते उपचारको लागि नारायणी अस्पतालमा भर्ना भएका ती पुरुषको स्वाब संकलन गरि परीक्षण गरिएकोमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण देखिएपछि उनलाई उपचारको लागि नेशनल मेडिकल कलेज अस्थायी कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो।

मुटु र मिर्गौलाको समस्याबाट पीडित ती पुरुषलाइ उपचार गर्न भेन्टिलेटरमा समेत राखिएको थियो।भेन्टिलेटरमा राखेर औषधि दिएर उपचार गर्दा समेत संक्रमित पुरुषको राति मृत्यु भएको डाक्टर हुसेनले बताए। यो सँगै पर्सामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ।

प्रकाशित मिति : ९ आश्विन २०७७ शुक्रबार ००:००  ११ : ५७ बजे