शुक्रबार थपिए कोरोनाका १ हजार ३१३ संक्रमित, ६ जनाको मृत्यु


काठमाण्डौ ।

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७० हजार ६ सय १४ पुगेको छ । गएको २४ घण्टामा एक हजार तीन सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा १२ हजार दुई सय ६२ जनाको पीसीआर परीक्षण गर्दा एक हजार तीन सय १३ जनामा सङ्क्रमण देखिएको हो । गएको २४ घण्टामा एक हजार चार सय ५५ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५१ हजार आठ सय ६६ जना पुगेको छ ।

अब नेपालमा १८ हजार दुई सय ८९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार चार सय ६४ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ५९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस