१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

माहुरी होमद्धारा लैङ्गिक हिंसा न्यूनिकणको लागि सामग्री वितरण



मायादेवी अनलाइन, तौलिहवा ।
आर्थिक सशक्तिकरण मार्फत लैङ्गिक हिंसा न्यूनिकरणको लागि खुद्रा तथा किराना सामग्रीहरु वितरण गरिएको छ । मधेश मानव अधिकार गृह (माहुरी होम) ले कपिलवस्तु नगरपालिका वडा नं. १ राजपुरका ६ परिवारलाई शुक्रबार उक्त सामग्री वितरण गरेको हो ।

युकेएडको सहयोग, भिएसओ नेपाल र ईन्टरनेशनल अर्लटसंगको साझेदारीमा संचालित सहज परियोजना अन्तरगत उक्त सामग्री वितरण गरिएको सहज परियोजनाका परियोजना संयोजक बिना चौधरीले बताउनुभयो ।

कपिलवस्तु र रुपन्देही जिल्लाका १ सय २० परिवारहरुलाई आर्थिक सशक्तिकरण तथा आयआर्जन क्रियाकलाप अन्तगत उक्त सामग्री वितरण गरिएको उहाले जानकारी दिनुभयो ।

कपिलवस्तुका कृष्णनगर नगरपालिका, कपिलवस्तु नगरपालिका र शुद्धोधन गाउँपालिका र रुपन्देहीको कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, मायादेवी गाउँपालिकामा ६ पालिकामा संचालित परिवार केन्द्रित कार्यक्रममा अध्ययन कार्यक्रममा प्रत्येक पालिकाका २०/२० परिवार छनोट गरिएको माहुरी होमका कार्यकारी निर्देशक लक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो ।

छनोट गरिएका परिवारहरु मध्ये बुवा, आमा, छोरा, छोरी गरी चार समुह बनाएर लैङ्गिक हिंसा, युवा रुपान्तरण सेसन १० वटा, आर्थिक उर्पाजन सेसन १० वटा संचालन गरि आवश्यकताको आधारमा आर्थिक उर्पाजन योजना बनाईएको निर्देशक श्रेष्ठले बताउनुभयो ।

दुई जिल्लाका १ सय २० परिवारलाई आर्थिक उर्पाजन सम्बन्धि अभिमूखीकरण पश्चात परिवारसंग सहकार्य गरि आर्थिक उपार्जन योजनाबनाई मागको आधारमा खुद्रा पसल, किराना पसल, भैसी पालन, बाख्रापालन, सिलाई कटाई, अगरबत्ति बनाउने लगायतका गरि ३६ लाख बराबरको योजना बनेको संस्थाका आर्थिक उर्पाजन अधिकृत अभिशेष खेरवारले जानकारी दिनुभयो ।

हालसम्म ६७ परिवारलाई सामग्री वितरण गरिएको ५३ परिवारलाई वितरण गर्न बाँकी रहेको खेरवारले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ९ आश्विन २०७७ शुक्रबार ००:००  ७ : ०६ बजे