४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

चितवनमा ७४ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु



चितवन ।

जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो।

अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार गत भदौ ३ गते श्वासप्रश्वास र निमोनियाको समस्या भई उनी अस्पताल भर्ना भएका थिए। उनको भदौ ९ गते कोरोना पुष्टि भएको थियो।

उपचारका क्रममा शुक्रबार राति ती पुरुषको मृत्यु भएको हो। उनको सघनकक्षमा राखी उपचार भइरहेकोमा मृत्यु भएको हो। रासस

प्रकाशित मिति : १० आश्विन २०७७ शनिबार ००:००  १२ : ३४ बजे