११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

प्रधानमन्त्रीकी निजी चिकित्सक शाहलाई कोरोना



काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको छ। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की डीनसमेत रहेकी शाहलाई शनिबार कोरोना पुष्टि भएको हो।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले त्रिवि शिक्षण अस्पतालकै ल्याबमा पिसिआर परीक्षण गराएकी थिइन्। केही दिनदेखि कोरोनासँग मिल्ने लक्षण देखिएको थियो , पिसिआर रिपोर्ट पोजेटिभ आएपछि अहिले होम आइसोलेसनमा बसिरहेकी छु उनले भनिन । शाहले यसबीचमा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट नगरेको बताएकी छन्।

शाहले जुम्लामा अनसनका क्रममा बिरामी परेपछि ट्रमा सेन्टर हुँदै त्रिवि शिक्षण अस्पताल लगिएका डाक्टर गोविन्द केसीलाई भने तीन दिनअघि भेटेकी थिइन्।

प्रकाशित मिति : १० आश्विन २०७७ शनिबार ००:००  ३ : ११ बजे