४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

उपत्यकामा थपिए ७ सय २४ जना कोरोना संक्रमित



काठमाडौँ ।

उपत्यकामा ७ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपत्यकाका तीन जिल्लामा २४ घन्टामा ७ सय २४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा ५ सय ८३, ललितपुरमा ७८ र भक्तपुर ६३ जना संक्रमित फेला परेका छन् ।

उनका अनुसार २४ घन्टामा १० हजार १९ पीसीआर परीक्षण गरिएका छन् । २४ घन्टामा देशभर भने १२ सय ७ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७ शनिबार ००:००  ५ : ०३ बजे