४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

भारतमा थपिए ८८ हजार भन्दा धेरै संक्रमित



एजेन्सी ।

भारतमा पछिल्लो २४ घण्टामा ८८ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८८ हजार ६०० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोभिड–१९ बाट थप ११ सय २४ जनाको मृत्यु भएको छ ।

भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या ५९ लाख ९२ हजार ५३३ पुगेको छ । त्यसमध्ये ४९ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

यस्तै कोभिड–१९ बाट भारतमा ज्यान गुमाउनेको संख्या ९४ हजार भन्दा माथि पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या ९ लाख ५६ हजार भन्दा बढी रहेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

विश्वमा कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएको देश अमेरिका हो । त्यसपछि भारतमा संक्रमितको संख्या धेरै छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७ आइतबार ००:००  १ : ०१ बजे