१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

ठण्डा दिमाग र फ्रेस शरीरका लागि फ्रुट चाट



एजेन्सी ।
पूरै विश्व अहिले कोरोना भाइरससँग लडिरहेको छ । गएको डिसेम्बर अन्तिम साता चीनको वुहानबाट सुरु भएको यो भाइरसबाट विश्वको कुनै देश अछूतो छैन ।

वर्ल्डओमिटरको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर ३ करोड ३ लाखभन्दा बढी मानिसलाई कोरोना संक्रमण भइसकेको छ । यीमध्ये १० लाख ६ हजारको ज्यान गइसकेको छ । दैनिक रुपमा संक्रमित र मृतक थपिने क्रममा छन् ।

आजको दिनसम्म कोरोनाको कुनै औषधि वा भ्याक्सिन बनिसकेको छैन । विश्वभरका स्वास्थ्य विशेषज्ञहरुले बताउँदै आएका छन्– कोरोना संक्रमणबाट बच्न शरीरमा भिटामिन सी र भिटामिन डी को कमी हुन दिनै हुँदैन ।

खासगरी भिटामिन सी ले हाम्रो शरीरमा टी–सेल्स बनाउने काम गर्छ । टी–सेल्सले शरीरमा प्रवेश गर्ने भाइरस वा ब्याक्टेरिया खाइदिन्छ र हामीलाई कुनै पनि संक्रमण हुन दिँदैन ।

भिटामिनका स्रोतहरु थुप्रै छन् । यीमध्ये आज हामी ३ स्वादिष्ट फलको बारेमा जानकारी दिँदैछौं जसमा भरपूर मात्रामा भिटामिन सी पाइन्छ ।

यो मौसममा हामी किवी, पाइनापल अर्थात् भुइँकटहर र स्ट्रबेरीको माध्यमबाट शरीरमा भिटामिन सी को पूर्ति गर्न सक्छौं । यी तीन फलको चाट बनाएर हरेक दिन खाने हो भने शरीरलाई भिटामिन सी पर्याप्त मात्रामा प्राप्त हुन्छ र रोग प्रतिरोधी क्षमता बनाइराख्न पनि मद्दत पुग्छ ।

किवी एउटा साइट्रिक फ्रुट हो । किवीको दैनिक सेवनले शरीरलाई निरोगी राख्न मद्दत गर्छ। किवीमा भिटामिन सी का साथै अन्य थुप्रै पोषक तत्व पनि पाइन्छ ।

स्ट्रबेरी पनि भिटामिन सी को राम्रो स्रोत हो । स्ट्रबेरीले हाम्रो शरीरमा एन्टिअक्सिडेन्ट र एन्टिइन्फ्लामेट्री वृद्धि हुन्छ। यसबाट रोग प्रतिरोधी क्षमता बढ्छ ।

भुइँकटहरले हाम्रो दिमागलाई ठण्डा र शरीरलाई फ्रेस राख्न मद्दत गर्छ । यसको नियमित सेवनले मौसमी बिमारीबाट हामीलाई टाढै राख्छ। भिटामिन सी को पनि राम्रो स्रोत हो भुइँकटहर ।

प्रकाशित मिति : १३ आश्विन २०७७ मंगलबार ००:००  ७ : ५१ बजे