२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

बाँकेमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु



नेपालगञ्ज ।

बाँकेमा कोरोना स‌ंक्रमणका कारण दुई जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले नेपालगञ्ज–७, रानीतलाउका ३९ वर्षीय पुरुष र कोहलपुर–१० का ५३ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए ।

नेपालगञ्जका ३९ वर्षीय पुरुष नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी भएको बुझिएको छ । उनलाई उच्च रक्तचापको समस्या थियो । स्वास्थ्यमा समस्या आएपछि भदौ ३१ गते अस्पतालमा भर्ना भएका थिए । त्यही दिन स्वाव लिएर कोभिड परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो । आज बिहान ३ः३० बजे उनको मृत्यु भएको छ ।

कोहलपुरका ५३ वर्षीयको विहान ४ः१५ बजे मृत्यु भएको छ । मधुमेहका समस्या रहेका उनी असोज ४ गते अस्पताल पुगेका थिए । ६ गते कोरोना पुष्टि भयो । बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७ मंगलबार ००:००  १२ : ३९ बजे