७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

हेर्दा हेर्दै कपिलवस्तुको वाणगंगामा ट्रकले मान्छे किच्यो…



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित चारनम्बर बजारमै ट्रकले सर्वसाधारणलाई ठक्कर दिएको छ । बजारकै सिएण्डसी अस्पतालमा उपचार गरेर बाटो काट्नै लाग्दा ट्रकले ठक्कर दिएको हो ।

पश्चिमबाट पूर्व जाँदै गरेको ना ५ ख ८२१ नम्बरको ट्रकले ठक्कर दिए पछि अर्घाखाँची वाग्लाका शेषकान्त पाण्डे गम्भीर घाइते भएका छन् ।

उनको अवस्था गम्भीर देखिएपछि एम्बुलेन्स मार्फत बुटवल रिफर गरिएको छ । बाटो काट्नेक्रममा ट्रकले ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। ठक्कर दिने चालक र ट्रक अहिले प्रहरीको नियन्त्रणमा रहेको छ ।

साथमा भिडिओ पनि हेर्नुुहोस

प्रकाशित मिति : १३ आश्विन २०७७ मंगलबार ००:००  ३ : १७ बजे