२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

प्यूठानमा जथाभावी शाखा सडक खन्दा मूल सडकलाई क्षति



प्यूठान ।
भालुबाङ–प्यूठान सडकलाई असर पर्नेगरी शाखा सडक र किनारमा जथाभावी घर,घडेरी निर्माण गर्नाले मूल सडकलाई धेरै क्षति पुगेको छ । सडक पहिरोको उच्च जोखिममा छ ।

यसरी बिग्रेको सडक समयमा मर्मत नहुँदा यात्रुले सास्ती बेहोर्नु परेको छ । पानी पर्नेबित्तिकै पहिरो चलेर दिनहुँ अवरुद्ध हुने गरेको छ । स्थानीय तहहरुले शाखा सडक निर्माण गर्दा सडक डिभिजन कार्यालयलाई जानकारी नै नगराई सडक खन्ने गरेको सडक डिभिजन कार्यालय प्यूठानको भनाइ छ ।

यसरी जथाभावी सडक खन्दा राजमार्गलाई धेरै क्षति पुगेको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय प्यूठानका प्रमुख विनोदप्रसाद सापकोटाले बताए । गहनाखोला–चकचके, रोल्पा लिबाङ–दारबोट र चकचके–खलंगामा विभिन्न स्थानीय तहमार्फत पूर्व स्वीकृतिबिना सडक बनाएकाले मूल सडकमा धेरै क्षति पुगेको सापकोटा बताउँछन् ।

बड्डाँडादेखि थक्लेनी क्षेत्रमा सडकमाथिबाट प्यूठानको सरुमारानी गाउँपालिकाले शाखा सडक खनेको छ । यसले दर्जनौं स्थानमा पहिरो आएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७७ बुधबार ००:००  ६ : १३ बजे