२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

बुटवल–तानसेन सडकखण्ड, २० मिनेटको बाटो पार गर्न एक घण्टा



बुटवल ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकको यात्रा गर्न हिजोआज निकै कष्टकर बनेको छ । कतिखेर गन्तव्यमा पुगिने हो टुंगो छैन । यात्रा गर्दा जुनसुकै बेला लामो जाममा फस्न सकिन्छ ।
कतै सडक अवरोध नभएको समयमा पनि सरासर जान सकिने अवस्था छैन । बुटवल तम्घास रुटमा आफ्नै गाडी चलाउने विष्णु घिमिरे सोमबार बिहान ९ बजे बुटवल बसपार्कबाट गाडी अगाडि बढाए ।

गोलपार्क पुगेर गाडी जाममा बस्यो । दिउसो २ बजेसम्म लाइनमा बसेका कुनै पनि गाडी अघि बढेनन् । भुतखोलामा एउटा लोड ट्रक फसेको रहेछ । त्यसलाई निकाल्न झण्डै ५ घण्टा लागेको थियो । ट्रकलाई निकालेपछि बल्ल जाम खुल्यो साढे २ बजे बल्ल गाडीहरु अगाडि बढे । तर सरासर गाडी चलाउन सकिने अवस्था थिएन ।

शुक्रबार आएको भीषण वर्षाका कारण ठाउँ-ठाउँमा पहिरो गएर सडक बिग्रदा यात्रा निकै कष्टकर बनेको छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिका गुल्मी रुट सदस्य विजय तिवारीले ठाउँ ठाउँमा पहिरो जाँदा यात्रा गर्न निकै कष्ट भएको बताउनुभयो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपी डम्बरबहादुर बिकले बाटो भत्केर सडक साँघुरो हुँदा प्रहरी खटाएर आलोपालो गरेर गाडी पठाउनुपरेको बताउनुभयो ।

प्रकाशित मिति : १४ आश्विन २०७७ बुधबार ००:००  ६ : १६ बजे