१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

विराटनगरमा कोरोना संक्रमित पुरूषको मृत्यु



विराटनगर ।

विराटनगरमा बुधबार विहान एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। मोरङ्गको जहदा ६ का ६३ बषीय पुरूषको विहान कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका संयोजक डाक्टर दीपक सिग्देलले बताए।

असोज ४ गते संक्रमण देखिएपछि सोही दिन उनलाई कोभिड अस्पतालमा भर्ना गरिएको थियो। असोज ५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा बुधबार विहान ४ वजे मृत्यु भएको डा सिग्देलले बताए। उनमा स्वासप्रस्वासमा समस्या देखिएको, मधुमेह र उच्चरक्तचापबाट पीडित रहेको बताए।

प्रकाशित मिति : १४ आश्विन २०७७ बुधबार ००:००  ९ : १९ बजे