१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

चार दिनदेखि रिडी रुद्रावेणी सडक अवरुद्ध, खुलाउने तर्फ कसैको चासो गएन



गुल्मी ।
चार दिनदेखि रिडी-रुद्रावेणी सडक अवरुद्ध छ । गत आइतबार रुरुक्षेत्र गाउँपालिका-१स्थित अस्थीपञ्जरमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको स्थानीय सुन्दर भण्डारीले जानकारी दिए । उनका अनुसार पहिरो गएको चार दिन वितिसक्दा समेत सम्बन्धित निकायले चासो नदिँदा पहिरो हटेको छैन‍् ।

पटक-पटक सोही ठाउँमा पहिरो जाँदा उक्त सडक भएर हिँड्ने यात्रुले हैरानी खेप्नुपरेको भण्डारीको भनाई छ । स्थानीयका अनुसार सम्बन्धित वडा र गाउँपालिकाले चासो नदिँदा पहिरो गएको लामो समयसम्म सडक खुल्न सकेको छैन् ।

यस सडक भएर हिड्ने दैनिक सयौंको संख्याका सवारी साधन अवरुद्ध सडकका कारण ठप्प भएका छन् । रिडी हुँदै जिल्लाको रुद्रावेणी, खैरेनी, वामीटक्सार र बाग्लुङको बुर्तिवाङसम्म यो सडक भएर यात्रु हिँड्ने गर्दछन् ।

प्रकाशित मिति : १४ आश्विन २०७७ बुधबार ००:००  ५ : ३५ बजे