२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

ला लिगाः रियलको जितमा भिनिसियसको निर्णायक गोल



काठमाडौं ।
स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ।

रियलको युवा खेलाडीको मैदान अल्फ्रेदो डि स्टेडियो स्टेफानो रंगशालामा सम्पन्न खेलमा घरेलु टिमले भाल्लाडोलिडमाथि १–० गोलको संघर्षपूर्ण जित निकालेको हो।

जितका लागि ब्राजिलियन विंगर भिनिसियस जुनियरले निर्णायक गोल गरे । ५८ औं मिनेटमा लुका जोभिकको ठाउँमा मैदान पसेका भिनिसियसले खेलको ६६ औं मिनेटमा भालाडोलिडका खेलाडीको पास खोस्दै गोल गरेका थिए ।

बुधबार रातिको जितसँगै रियल मड्रिडले लिगमा दुई जितका साथ ७ अंक बनाएको छ । तीन खेल खेलेको रियल एउटा खेलमा भने बराबरीमा रोकिएको थियो ।

जारी सिजनमा समान ७ अंक बनाउको गेटाफे गोलअन्तरका आधारमा शीर्षस्थानमा छ भने भ्यालेन्सिया दोस्रो र रियल तेस्रो स्थानमा छ।

पराजित भाल्लाडोलीड भने ४ खेलबाट २ अंक बनाएर पुछारबाट तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७ बिहिबार ००:००  ६ : ५१ बजे