२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

जर्मन सुपर कपको उपाधि वार्यनलाई



एजेन्सी ।

बायर्न म्युनिखले जर्मन सुपर कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा चिरपरिचित प्रतिद्वन्दी बोरुसिया डर्टमण्डलाई ३(२ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि जितेको हो ।

बायर्नलाई सिजनको पहिलो उपाधि दिलाउन कोरेन्टिन टोलिसो, थोमस मुलर र जोसुवा किमिचले एक एक गोल गरे । डर्टमण्डका जुलियन ब्रान्ड र एर्लिङ हालान्डले एक एक गोल फर्काए ।

बायर्नको यो सिजनको दोस्रो उपाधि हो । यसअघि बायर्नले दुई साताअघि स्पेनिस क्लब सेभियालाई २–१ ले पराजित गर्दै युइएफए सुपर कपको उपाधि जितेको थियो । घरेलु मैदानमा खेलको १८ औं मिनेटमा टोलिसोको गोलबाट बायर्नले अग्रता लिएको थियो । खेलको ३२ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।

खेलको ३९ औं मिनेटमा डर्टमण्डका ब्रान्डले गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याए । ५५ औं मिनेटमा हालान्डले गोल गर्दै डर्टमण्डलाई २(२ गोलको बराबरीमा ल्याए ।

तर, खेलको ८२ औं मिनेटमा किमिचले गोल गर्दै बायर्नलाई ३(२ जित दिलाए । यससँगै बायर्नले सिजनको पहिलो उपाधि जितेको छ । यस्तै बायर्नले छैटौं पटक सुपर कपको उपाधि जितेको हो ।

प्रकाशित मिति : १५ आश्विन २०७७ बिहिबार ००:००  ७ : २१ बजे