२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

काठमाडौंमा एकैदिन ९४३ संक्रमित थपिए



काठमाडौं ।

संघीय राजधानी काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९ सय ४३ जना नयाँ संक्रमित थपिएका छन्।

देशभर १९ सय ११ जना नयाँ संक्रमित थपिएको अवस्थामा काठमाडौं उपत्यकामै आधा भेटिएका हुन्। मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्‍वर गौतमका अनुसार काठमाडौं जिल्लामा मात्रै ८१७ जना कोरोना संक्रमित थपिएका छन्। यस्तै ललितपुर जिल्लामा ६८ जना संक्रमित थपिँद उपत्यकाको अर्को जिल्ला भक्तपुरमा ५८ जना नयाँ संक्रमित भेटिएका छन्।

प्रकाशित मिति : १५ आश्विन २०७७ बिहिबार ००:००  ४ : ३५ बजे