४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

रुपन्देहीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु



बुटवल ।
रुपन्देहीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा पाल्पा रामापुर ७ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

उनी १३ असोजको राति ११ बजे अस्पताल भर्ना भएका थिए ।

उनको बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा गएराति ११ः५० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा।विष्णु गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १६ आश्विन २०७७ शुक्रबार ००:००  ७ : २२ बजे