१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

धरानमा ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु



काठमाडौं ।

सुनसरीको धरान उपमहानगरपालिकामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। उपमहानगरपालिका १५ का ५५ वर्षीय पुरुषको आज बिहान ६ बजेर ४५ मिनेटमा मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ।

प्रतिष्ठानमा उपचाररत संक्रमितमा मिर्गौलासम्बन्धी समस्या र उच्च रक्तचाप रहेको थियो। कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा १६ गते संक्रमण पुष्टि भइ सोही दिन कोभिड उपचार केन्द्रमा भर्ना भएको अस्पतालका सहप्रवक्ता डा।आशिष श्रेष्ठले जानकारी दिए। यो सँगै प्रतिष्ठानमा ज्यान गुमाउने संक्रमितको संख्या ४० पुगेको छ।

प्रकाशित मिति : १९ आश्विन २०७७ सोमबार ००:००  १२ : ०९ बजे