८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

अर्घाखाँचीमा टिप्परले साइकललाई हान्यो, सवार छोरीको मृत्यु, बुबा गम्भिर घाइते




बिष्णु कुमार आले, अर्घाखाँची ।
टिप्परको ठक्करबाट आइतबार दिउँसो अर्घाखाँचीमा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि १ जना गम्भिर घाईते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत अर्घाखाँचीको शितगंगा ८ सातमारामा बिपरित दिशाबाट जादै गरेको रा १ ख २०२१ नम्बरको टिप्परले कालाकाटेबाट भालुवाङ तर्फ जादै गरेका साईकलयात्रीलाई ठक्कर दिदा दाङ जिल्ला गडवा गाउँपालीका वडा नम्बर १ जुराउनी निवासी २७ बर्षीया जमुना कुमालको मृत्यु भएको हो ।

दुर्घटना परि घाईते भएकी जमुनाको लालमटीया स्वास्थ्य चौकी पु्याउने बित्तिकै मृत्यु भएको हो । गम्भिर घाईते भएका मृतकका बावु ५९ बर्षीय बुद्धिराम कुमाललाई थप उपचारका लागि बुटवल पठाईएको सातमारा प्रहरी ईन्चार्ज देब बहादुर केसीले जानकारी दिए ।

ठक्कर दिने टिप्पर चालक भने फरार रहेको प्रहरीले जनाएको छ । टिप्पर भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७ आइतबार ००:००  ४ : ०३ बजे