१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

वार्नर बने आईपीएलमा ५ हजार रन बनाउने पहिलो विदेशी खेलाडी



एजेन्सी ।
सनराइजर्स हैदराबादका कप्तान डेभिड वार्नर इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा ५ हजार रन पुरा गर्ने पहिलो विदेशी खेलाडी बनेका छन् ।

युएईमा जारी १३ औं संस्करणको आईपीएल अन्तर्गत कोलकत्ता नाइट राइडर्सविरुद्धको खेलसँगै वार्नर ५ हजार रन पुरा गर्ने पहिलो विदेशी खेलाडी बनेका हुन् ।

कोलकत्ताविरुद्ध अविजित ४८ रन बनाएका वार्नरले कुल ५ हजार ३७ रन बनाएका छन् । वार्नरले १ सय ३५ खेलमा उक्त रन पुरा गरेका हुन् ।

अष्ट्रेलियन ब्याट्सम्यान वार्नर आईपीएलमा सर्वाधिक रन बनाउने चौंथो खेलाडी समेत हुन् ।वार्नर भन्दा अघि विराट कोहली, सुरेश रैना र रोहित शर्मा रहेका छन् ।

आईपीएलमा सर्वाधिक रन बनाउने खेलाडी कोहली हुन् । उनले ५ हजार ७ सय ५९ रन बनाएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७७ सोमबार ००:००  ६ : ४४ बजे