१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आईपीएलः आज पञ्जाबविरुद्ध मौका पाउने सन्दीपको झिनो आशा !



काठमाडौं ।

यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले आज आफ्नो १० औँ म्याच खेल्दै छ । दिल्लीले १० औँ म्याच किंग्स इलावेन पञ्जाबविरुद्ध खेल्न लागेको हो ।

पञ्जाब र दिल्लीबीचको खेल साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ । जारी सिजनमा दिल्लीले ९ खेलमध्ये २ म्याचमा मात्र हारको सामना गरेको छ । दिल्ली १४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।

पञ्जाबले ९ म्याचमध्ये तीन खेलमा विजयी भएको छ । पञ्जाबविरुद्धको पछिल्लो पाँच म्याचमा दिल्ली २ खेलमा विजयी भएको छ ।

पञ्जाबविरुद्ध सन्दीपको सम्भावना कतिर ?

पञ्जाबविरुद्ध पनि सन्दीपले मौका पाउन सम्भावना कम छ । अघिल्लो खेलमा जित हासिल गरेकाले दिल्लीले त्यही प्लेइङ सेटलाई निरन्तरता दिने सम्भावना छ । यद्यपि ऋषभ पन्त फिट भएको अवस्थामा दिल्लीको प्लेइङ ११ मा केही परिवर्तन अवश्य देख्न पाइने छ ।

यदि उनले आजको म्याच खेले एलेक्स क्यारी र आजिक्य रहाणेले विश्राम पाउन सक्छन् ।पन्त घाइते हुँदा शिमरोन हेटमायरलाई आराम दिँदै विकेटकीपिङका लागि क्यारीलाई प्लेइङ(११ मा समावेश गरिएको थियो । रहाणे पन्तको स्थानमा अन्तिम(११ मा परेका थिए ।

यदि क्यारीले विश्राम पाए दिल्लीले उनको स्थानमा विदेशी खेलाडीको रूपमा शिमरोन हेटमायर, सन्दीप लामिछाने, डानियल साम्स र किमो पउलमध्ये एक जनालाई खेलाउने छ । यी चारमध्ये हेटमायरको सम्भावना बलियो छ । उनी राम्रो प्रदर्शनका बाबजुत पनि पन्त घाइते हुँदा पछिल्ला खेलमा बेन्चम बसिरहेका थिए ।

त्यस्तै, लामिछाने, साम्स, पउलले पनि लगातार ९ म्याच खेल्न पाएका छैनन् । दिल्ली यी तीनमध्ये आज एकलाई मौका पनि दिन सक्छ ।

दिल्लीको सम्भावित प्लेइङ(११ स् पृथ्वी शा, शिखर धवन, श्रेयस अय्यर, ऋषभ पन्त, मार्कस स्टोइनिस, अक्क्षर पटेल, आर अश्विन, तुषार देशपाण्डे, कागिसो रबाडा, शिमरोन हेटमायररसन्दीप लामिछाने र एनिरिक नोर्टजे ।

पञ्जाबको सम्भावित प्लेइङ ११ केएल राहुल, कप्तान, मयंक अग्रवाल, क्रिस गेल, निकोलस पूरान, ग्लेन म्याक्सवेल, दीपक हूडा, क्रिस जोर्डन, एम अश्विन, रवि बिश्नोई, मोहम्मद शामी र अर्शदीप सिंह ।

प्रकाशित मिति : ४ कार्तिक २०७७ मंगलबार ००:००  १२ : २६ बजे