नगर प्रमुख किरण सिंहलाई कोरोना, अरु १७ जना नगरका कर्मचारीमा पनि संक्रमण


मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिका नगर प्रमुख किरण सिंह कोरोना भाइरस संक्रमित भएका छन् । उनलाई बुधबार संक्रमण पुष्टि भएको हो ।

गत शुक्रबार उनीसहित नगरपालिकाका १८ कर्मचारीको स्वाब संकलन गरी प्रादेशिक अस्पताल बुटवल पठाइएको थियो । सबै जनाको रिपोर्ट पोजिटिभ देखिएको नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले बताए ।

प्रमुख सिंहका श्रीमती र छोरा यसअघि कोरोना संक्रमित भएपछि उनको स्वाब संकलन गरिएको थियो । प्रमुख सिंहले जनतासँग प्रत्यक्ष सम्पर्कमा भई काम गर्दा संक्रमित भएको बताए । उनले स्वास्थ्य अवस्था सामान्य रहेको र छिटो निको भई जनताको सेवामा खटिने लालायित भएको बताए ।

उनीसँगै नगरपालिकाका लेखा अधिकृत, सहायक लेखा अधिकृत, स्वास्थ्य संयोजक र नगरपालिका वडा नं। ६ का सचिव लगायत संक्रमित भएका छन् । यस्तै नगरपालिका ९ स्थित निग्लिहवा स्वास्थ्य चौकीमा कार्यरत ७ जना नै कोरोना संक्रमित भएका छन् ।

मेयरसहित धेरै कर्मचारी कोरोना संक्रमित भएपछि नगरपालिका बुधबार दिउँसोदेखि कात्तिक १५ गते सम्मका लागि बन्द गरिएको छ । त्यस्तै निग्लिहवा स्वास्थ्य चौकीसमेत बन्द गरिएका मेयर सिंहले बताए । बुधबार जिल्लामा ३६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस