१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

वाणगंगामा २ जना स्वास्थ्यकर्मी सहित ११ संक्रमित थपिए



मायादेवी अनलाइन, जितपुर ।

वाणगंगा नगरपालिकामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वाणगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार आज लक्षण सहितका ११ संक्रमित थपिएका हुन् ।
थपिएका संक्रमित वडा नम्बर १ का ३२ वर्षिय महिला र २४ वर्षिय पुरुष, वडा नम्बर ४ का २३ र २१ वर्षका २ महिला, वडा नम्बर ५ का २८ वर्षिय महिला, वडा नम्बर ८ का ३८ वर्षिय एक महिला र ४७ वर्षका २ पुरुष, ९ नम्बर वडाका ३२ वर्षिय महिला र २४ वर्षका पुरुष रहेका छन् । यसैगरी वडा नम्बर ११ का २ वर्षिय बालकमा पनि संक्रमण पुष्टि भएकोनगरपालिका स्वास्थ्य शाखाले पुष्टि गरेको छ । कार्तिक ४ गते संकलन गरिएको ५६ स्वाब मध्ये आज ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले थपिएका सबै संक्रमितमा लक्ष्ण देखिएको मायादेवीलाई बताउनुभयो । उहाले सबै जना होम आइसोलेसनमै रहेको पनि जानकारी दिनुभएको छ । उनिहरुसबैको कन्ट्याक ट्रेसिङबाट स्वाब संकलन गरिएको हो । थपिएका मध्ये एकजना कर्मचारी र २ जना स्वास्थ्यकर्मी रहेका छन् । यो संगै नगरपालिकामा संक्रमित संख्या २ सय ४५ पुगेको छ भने संक्रिय संक्रमित संख्या ८६ रहेका स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ कार्तिक २०७७ शुक्रबार ००:००  ३ : ०९ बजे