१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

आज बडादशैको आठौ दिन महाअष्टमी, देशभर बली दिई पूजाआर्चना गरिँदै



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपालीहरुको महान चाड बडा दशैको आठौ दिन देशभरीका शक्तिपिठहरुमा बलीसहित पूजाआर्चना गरिँदै छ ।

आजैको दिन देबीले राक्षसहरुलाई मारेको दिन भएकोले जनावारहरुको बलिदिने चलनको सुरुवात गरिएको हिन्दु धर्मग्रन्थहरुमा लेखिएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिन पूजाकोठा, दर्शैघर अथवा मण्डपमा वैदिक विधिपूवक नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको स्थानमा आज महाअष्टमीको पूजाआजा गरिन्छ । आज मध्यरातमा कालरात्रीको पूजा गर्ने चलन छ ।

मध्यरातको यस पूजाबाट प्रसन्न भई देवीले शुभफल र कल्याण दिन्छिन् भन्ने विश्वास रहेको छ । काठमाण्डौं उपत्यका भित्रका दक्षिणकाली, गुहृयृश्वरी, मैतीदेवी कालीकास्थान, नक्सालभगवती, भद्रकाली, रक्तकाली, बज्रयोगीनि, संकटा, लगायतका मन्दिहरुका बलीचढाएर पूजा गरिन्छ ।

काठमाडौं उपत्यका वाहिरका काभ्रेको पलाञ्चोक भगवती, दोलखाको भिमेश्वर, बाँकेको बागेश्वरी लगातका मन्दिरमा पनि बलीचढाएर पुजा आजा गरिदै छ ।

यस्तै उदयपुरको भगवती मन्दिर, दुर्गा मन्दिरमा समेत बली दिने गरिदै आएको छ भने सप्तरीको सखडा मन्दिर र कंकालनी मन्दिरमा बली चढाएर पुजा आजा गरिँदै छ ।

यद्यपि सदाका बर्षहरुमा मन्दिहरुका बलीचढाएर पूजा गरिएपनि यो बर्ष कोरोना महामारीका कारण ठूलो भिडभाड हुने छैन् । अधिकांशले घरघरमै बली चढाएर महाष्टमी पर्व मनाउँदै छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७७ शनिबार ००:००  ६ : ०४ बजे