१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

ला लिगाः आज राति एल क्लासिको भीडन्त, पिके भन्छन् मेस्सीमाथि ज्यादती भयो



एजेन्सी ।
लियोनल मेस्सीको सम्झौताका सम्बन्धमा गरेको व्यवहारलाई लिएर डिफेन्डर जेराड पिकेले बार्सिलोनाको आलोचना गरेका छन् ।

स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति एल क्लासिको अर्थात बार्सिलोना र रियल मड्रिडबिच खेल हुँदैछ । सिजनको पहिलो एल क्लासिकोको अघि पिकेले क्लबको आलोचना गरेका हुन् ।

कप्तान मेस्सीले यो सिजन क्लबबाट बाहिरिन इच्छा व्यक्त गरेका थिए । तर बार्सिलोनाले उनलाई बाध्य पारेर क्लबमै राखेको छ ।

क्लबका सर्वकालीन सर्वाधिक गोलकर्ता मेस्सी सम्झौता रहेको नियमका कारण अदालती झमेला हुन सक्ने भन्दै मन नभएर पनि बार्सिलोनामै बस्ने निर्णय गरे ।

मेस्सी सबथोक पाउनका लागि योग्य रहेको बताएका पिकेले भने, ‘हाम्रो शक्ति सुरक्षित हुनु पर्छ, यसलाई बेवास्ता गर्न मिल्दैन । नयाँ रंगशाला मेस्सीको नाममा राखिनु पर्छ र त्यसपछि स्पोन्सर गरिनु पर्छ ।’

प्रकाशित मिति : ८ कार्तिक २०७७ शनिबार ००:००  ७ : ५१ बजे