१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

मेस्सीलाई रियलविरुद्ध २०१८ मे ६ पछि पहिलो गोल गर्ने मौका आज



एजेन्सी ।

एक पछि अर्को कीर्तिमान आफ्नो नाममा लेखाएका बार्सिलोनाका लियोनल मेस्सीलाई शनिबार राति अर्को एक इतिहासमाथि ब्रेक डाउन गर्ने मौका छ । शनिबार राति हुने स्पेनिस ला लिगाको एल क्लासिको भीडन्तमा रियलसंग उत्रँदा मेस्सीलाई यो मौका मिल्ने छ ।

खेल जीवनमा उनका त्यस्ता नसोचिएको कीर्तिमानमा मेस्सीको रियलविरुद्ध गोल गर्न सक्नु र नसक्नु दुवै छ । अर्जेन्टिनी सुपर स्टार मेस्सी सन् २०१८ मे ६ पछि रियलविरुद्ध पहिलो गोलका लागि प्रयास गर्नेछन् । क्रिस्टियानो रोनाल्डोले रियल छोडेयता मेस्सीले त्यो टोलीविरुद्ध गोल गर्न सकेका छैनन् ।

रियलविरुद्ध मेस्सीले गोल नगरेको ९ सय दिन नाघिसकेको छ । त्यसयता उनले ६ मध्ये ५ क्लासिको खेलेका छन् । ४ सय ४० मिनेट एल क्लासिकोमा उनी गोल विहिन छन् । कीर्तिमानी बनाउने लक्ष्यका साथ उत्रने मेस्सीको भोक रियलका लागि भने सुखद समाचार नहुन सक्दछ ।

पछिल्लो ला लिगामा बढुवा भएर आएको क्लवसंग रियल पराजित भएपछि आलोचना खेपिरहेको बेला आज मेस्सीलाई रोक्नु भने रियलका लागि चुनौति नै हुने छ । उसो त यो सिजन मेस्सीको प्रदर्शनमा क्रमश सुधार गरिरहेका छन् । मंगलबारको च्याम्पियन्स लिगमा उनले उच्च प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : ८ कार्तिक २०७७ शनिबार ००:००  ८ : २० बजे