दशैँ प्रेमनगरमा, ६५ बर्षिया आमा ज्ञानमायाबाट टिका थाप्ने


मायादेवी अनलाइन, चार नम्बर ।
कोरोनाको कहरकाबीच मनाइने यस पटक कपिलवस्तुका स्थानीय सरकारका प्रमुखहरुले पनि आआफ्नो ढंगले दशैँ मनाउँदै छन् । १० पालिकामा रहेका पालिका प्रमुखहरुमध्ये कुनैको दशैँ टिका यसपटक छैन । कुनै मेयरले परिवारसंग दशैँ मनाइरहेका छन् भने कोहीलाई कोरोनाको संक्रमण भएका कारण होम आइसोलेसनमै बसेर दशैँ मनाउनु पर्ने बाध्यता छ ।

६ नगरपालिका र ४ गाउँपालिका रहेको कपिलवस्तुको सबैभन्दा सुदुरमा पर्ने पालिका विजयनगर गाउँपालिका हो । यस पालिकाका प्रमुख गोपाल थापाले यस पटकको दशैँ घरमै बसेर बनाउने सुरसार गर्नु भएको छ । उहाँको यसपटक दशैँ रोकिएको छैन । उहाँले वडा नम्बर ६ को प्रेमनगरमा रहेको घरमा दशैँ मनाउने मायादेवी अनलाइनसंग बताउनु भयो ।

बुबालाई गुमाउनु भएका थापाले आफ्नी ६५ बर्षिया माता ज्ञान माया थापाको हातबाट टिका थाप्दै हुनहुन्छ । आफ्नो मगर संस्कृति अनुसार आमाको हातबाट टिका, जमरा ग्रहण गरी आशिर्वाद लिने उहाँले मायादेवी अनलाइनसंग सुनाउनु भयो । आमासंग टिका ग्रहण गरिरहाँदा छोराछोरी र बुहारीलाई टिका लगाएर आशिर्बाद दिनु हुने छ ।

दशैँ टिका लगाइए पनि यसपटक भने त्यति हर्षोल्लास नभएकोथापाले मायादेवीसंग बताउनु भयो । उहाँले भन्नुभयो, ‘यसपटक दशैँमा त्यति रौनकता छैन तर पनि रमाइलो मान्नु परेको छ । किनकि विश्व अहिले कोरोनासंगको जितहारको लडाइमा छ । यस्तो स्थितिमा भीँडभाड गरेर जोखिम निम्ताउनु भन्दा घरमै जति छौँ त्यति भएर रमाइलो गर्नु पर्दछ । त्यसैले त्यति बेखुसी पनि छैन ।’

उहाँले कसैलाई पनि धुमधामसंग दशैँ मनाउन पाइनँ भनेर पीर चिन्ता नगर्न आग्रह गर्नुभयो ।
यसैकारण उहाँले सम्पूर्ण गाउँपालिकाबासीलाई आआफ्नै स्थानमा रहेर दशैँ मनाउन आग्रह गर्नुभयो । समय विषम भएकाले घरमा र समाजमा धेरै भीँडभाड नगर्न, जुवातासमा सारिक नहुन, मदिरा तथा लागु पदार्थ सेवन नगर्न, मिसावट युक्त खाने कुरा नखान विशेष आग्रह गर्दछु, मायादेवीसंगको कुराकानीमा उहाँले भन्नु भएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस