८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

घरभित्र सिमित भयो यस बर्षको दशैँ



काठमाडौँ ।

आज दसैँको टीका। आफ्ना मान्यजनका हातबाट टीका र जमरा थापेर आशिर्वाद लिँदै नेपालीहरुले दसैँ मनाइरहेका छन्।

हरेक वर्ष हर्षोल्लासका साथ मनाइने दसैँमा यस वर्ष भने पहिले जस्तो रौनक देखिएको छैन। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण दसैँ परिवारका सदस्यहरुबीच सीमित भएको छ।

विगतका वर्षहरुका दसैँका बेला गाउँघर, टोल छिमेकमा मात्रै होइन टाढा–टाढाका आफन्तकोमा पनि टिका थाप्न जाने गरिन्थ्यो। तर कोरोनाका कारण यसपटक मानिसहरु त्रासमा छन्। त्रासका कारण मानिसहरुले टिका लगाउँदा मास्कको समेत प्रयोग गरेको देखिन्छ।

विगतमा काठमाडौँ उपत्यका लगायतका शहरबाट गाउँ जानेहरुको भीड हुन्थ्यो। यो वर्ष भने पहिले जस्तो देखिएन। देशभर हर्षोल्लासका साथ मनाइने दसैँ यसपाली परिवारका सदस्यहरुबीच खुम्चिएको छ।

प्रकाशित मिति : १० कार्तिक २०७७ सोमबार ००:००  ५ : २१ बजे