४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

विश्व कोरोना अपडेटः एकैदिन थपिए झण्डै साढे पाँच लाख संक्रमित



काठमाडौं ।
विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ५३ लाख १० हजार ८७२ पुगेको छ । पछिल्लो २४ घण्टामा पाँच लाख ४३ हजार ४०९ संक्रमित थपिएका हुन् ।

वर्ल्डोमिटर्सका अनुसार विश्वमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ११ लाख ८५ हजार ७२३ पुगेको छ । पछिल्लो २४ घण्टामा सात हजार १५७ संक्रमितको मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म तीन करोड २९ लाख ८४ हजार ७८० जना संक्रमणमुक्त भएका छन् ।

विश्वमा सक्रिय संक्रमितको संख्या एक करोड ११ लाख ४० हजार ३६९ छ । त्यसमध्ये ८२ हजार २०२ जना गम्भीर अवस्थाका छन् ।

सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ९२ लाख १० हजार ८०२ पुगेको छ ।
भारतमा संक्रमितको संख्या ८० लाख ८८ हजार ४६ पुगेको छ भने ब्राजिलमा ५४ लाख ९६ हजार ४०२ छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७ शुक्रबार ००:००  ८ : ०८ बजे