५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

युरोपा लिगः लेस्टर सिटीको जित यात्रा जारी, फेरि एइके एथेन्सलाई हरायो



एजेन्सी ।
युरोपा लिग फुटबल अन्तर्गत समूह चरणको खेलमा लगातार जितको क्रम लेस्टर सिटीले जारी राखेको छ ।

समूह जी अन्तर्गत शुक्रबार राति भएको खेलमा लेस्टर सिटीले एइके एथेन्सलाई २-१ ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा लेस्टर सिटीले पहिलो हाफमा दुई गोल गरेर दोस्रो हाफमा एक गोल खाएको हो ।

उसका लागि १८ औँ मिनेटमा पाएको पेनाल्टीमा जेमी भर्डीले गोल गरे । यस्तै ३९ औँ मिनेटमा हम्जा चौधरीले गोल गरेका हुन् । एथेन्सका लागि ४८ औँ मिनेटमा तानकोविकले गोल गरे ।

सोही समूह अन्तर्गत भएको अर्को खेलमा जोर्या लुहान्स्कलाई स्पोर्टिङ्ग ब्रागले २-१ ले पराजित गरेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७ शुक्रबार ००:००  ८ : १४ बजे