४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

प्रदेश १ मा ७० जना पत्रकारलाई कोरोना संक्रमण



काठमाडौं ।

प्रदेश १ मा मात्रै ७० जना पत्रकारलाई कोरोना संक्रमण भएको छ। पछिल्लो समय समुदायस्तरमा कोरोना फैलिएसँगै फिल्डमा पुगेर रिपोर्टिङ गर्ने पत्रकारहरुमा पनि धमाधम संक्रमण देखिन थालेको छ। केही पत्रकारहरुमा लक्षणसहितको संक्रमण पनि देखिएको छ। प्रदेश १ मा सबैभन्दा धेरै पत्रकार मोरङ, सुनसरी र झापामा संक्रमित भएका छन्। संक्रमण पुष्टि भएकामध्ये मोरङका १० जनासहित प्रदेश १ का २९ जनाको आइसोलेसन र अस्पतालमा उपचार भइरहेको छ।

नेपाल पत्रकार महासंघ प्रदेश १ कमिटी अध्यक्ष विक्रम लुइँटेलले समुदायमा कोरोना फैलिएसँगै पत्रकारहरु पनि उच्च जोखिमा परेको जानकारी दिए। अध्यक्ष लुइँटेलका अनुसार सबैभन्दा धेरै सुनसरीका २९ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै मोरङका २७ जना पत्रकारमा संक्रमण पुष्टि भएको छ। उता झापामा झापामा ६ जना पत्रकारमा कोरोना संक्रमण देखिएको छ। त्यसैगरी धनकुटा इलाम, ओखलढुंगा र उदयपुरमा समेत प्रदेश १ का ७० जनालाई कोरोना देखिएको हो।

कोरोना पुष्टि भएकामध्ये दुईजनालाई गम्भीर स्वास्थ्य समस्या देखिएको छ। जसमा एकजनालाई निमोनियासमेत भएर उपचार पनि घर फर्किएका छन्। अर्का एकजना पत्रकारलाई केही दिनअघि कोरोना पुष्टि भएसँगै निमोनिया पनि देखिएपछि अस्पतालमा उपचार चलिरहेको छ।

प्रकाशित मिति : १४ कार्तिक २०७७ शुक्रबार ००:००  २ : २९ बजे