५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

थप ३ हजार ५१७ जनामा कोरोना सङ्क्रमण



काठमाण्डौ ।

नेपालमा कोभिड–१९ कोरोना भाइरस का सङ्क्रमितको सङ्ख्या एक लाख ६८ हजार दुई सय ३५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार तीन हजार पाँच सय १७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

गएको २४ घण्टामा १४ हजार नौ सय ८९ जनाको नमुना सङ्कलन भएको हो । त्यस्तै गएको २४ घण्टामा चार हजार ९६ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख २८ हजार नौ सय ५८ पुगेको छ ।

अब नेपालमा ३८ हजार तीन सय ५७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै दुई हजार ६ सय ६६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा १६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ सय २० पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७ शुक्रबार ००:००  ४ : २७ बजे