१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

दिल्लीमा एकैदिन पाँच हजारभन्दा बढी संक्रमित थपिए



एजेन्सी ।

भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोना भाइरसबाट एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले जानाएअनुसार दिल्लीमा शुक्रबार एकैदिनमा पाँच हजार ८९१ जना नयाँ संक्रमित भेटिएका हुन् । यो संख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको पनि उनीहरुले बताएका छन् ।

दिल्ली प्रदेशमा कोरोना भाइरसबाट अहिलेसम्म तीनलाख ८१ हजार ६४४ जना संक्रमित भएका छन् । पछिल्लो समयमा दिल्लीमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । दिल्लीमा यसअघि गत बिहीबार पाँच हजार ७३९ जना नयाँ संक्रमित भेटिएका थिए भने बुधबार पाँच हजार ६७३ जना भेटिएका थिए । सरकारी अधिकारीहरुले सार्वजनिक गरेको विवरण अनुसार शुक्रबार दिल्लीबाट चार हजार ४३३ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन ।

दिल्लीमा अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको संख्या तीन लाख ४२ हजार ८११ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले दिल्लीमा अहिले ३२ हजार ३६३ जना अझै पनि संक्रमित अवस्थामै रहेको पनि उल्लेख गरेका छन् । त्यसैगरी कोरोना भाइरसका कारण दिल्लीमा अहिलेसम्म छ हजार ४७० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७ शनिबार ००:००  १ : २५ बजे