१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

थप २ हजार ५ सय ८ जनामा कोरोना, १७ को मृत्यु



काठमाडौं ।

नेपालमा शनिबार थप २ हजार ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ८ जनामा संक्रमण भएको हो।

योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २ सय ६४ जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख ३१ हजार २ सय २२ पुगेको मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणबाट शनिबार १७ जनाले ज्यान गुमाएका छन्। योसहित मृत्यु हुनेको संख्या ९३७ पुगेको छ।

प्रकाशित मिति : १५ कार्तिक २०७७ शनिबार ००:००  ४ : ४० बजे