१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कपिलवस्तुमै पहिलो ३ कोड सहितको कभर्ड हल चार नम्बरमा तयार, अझै रकम अभाव !



चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
कपिलवस्तुमै सुविधा सम्पन्न कभर्ड हल बाणगंगा नगरपालिकामा बनेको छ । चार नम्बर जितपुरस्थित बुद्ध रंगशालामा कभर्ड हल निर्माण भएको हो । अहिले कभर्ड हलको ८५ प्रतिशत बढी काम सम्पन्न भएको छ । बाणगंगा नगरपालिका, लुम्बिनी प्रदेश सरकारको लगानी र जिल्ला खेलकुद विकास समितिको सहकार्यमा निर्माण भएको कभर्ड हलको अहिले फिनिसिङको काम भइरहेको छ ।

रकम अभावमा बीचमा काम रोकिए पनि आज भोली भने तीव्र ढंगबाट काम भइरहेको छ । कोरोनाको कारण भएको लक डाउनकमा बाणगंगामा ह्वात्तै ब्याडमिन्टनको क्रेज बढेपछि अहिले कभर्ड हलका बाँकी काम सम्पन्न हुने तयारीमा रहेको हो ।

कभर्ड हल निर्माण उपभोक्ता समितिका अध्यक्ष खडक आलेका अनुसार अब बढीमा ३ दिनमा प्रतियोगिता संचालन गर्न मिल्ने गरी कभर्ड हल तयार हुने जनाइएको छ । निर्माण सकिए लगत्तै शिल्यानास गरेर प्रतियोगिता आरम्भ गरिने उहाँको भनाई छ ।

कभर्ड हलको विशेषता
लगानी
यस कभर्डहललाई भनेजस्तो बनाउन कम्तिमा पनि ५० लाख बढी लाग्ने छ । तर अहिले रकम अभाव भएका कारण भनेजसरी खर्च गर्न नसकिएको उपभोक्ता समितिले जनाएको छ । समितिका अनुसार अहिलेसम्म यस कभर्ड हलमा बाणगंगा नगरपालिकाले १५ लाख रुपैयाँ लगानी गरेको छ । गत आर्थिक बर्षमा नगरले यसका लागि बजेट छुट्याएको थियो । यसैगरी लुम्बिनी प्रदेश सरकारको ९ लाख रुपैयाँ बजेट लगानी भएको छ । कभर्ड हललाई चुस्त दुरुस्त बनाउन अझै ८ देखि १० लाख अपुग भएको आलेले मायादेवीलाई बताउनु भयो ।

क्षेत्रफल
यो कभर्ड हल जिल्लाकै सुविधासम्पन्न र बढी क्षेत्रफलमा बनेको छ । उपभोक्ता समितिका अध्यक्ष आलेले मायादेवीलाई बताउनु भएअनुसार कभर्ड हलको चौडाई ८५ । ५३ र उचाई ३३ फुट रहेको छ । यस क्षेत्रफलमा खेल खेल्दा राष्ट्रिय कभर्ड हलको अनुभुति हुने उहाँले बताउनु भयो ।

एकैपटक २ खेल खेल्न सकिने (३ कोड )

यस कभर्ड हलमा ३ कोड निर्माण भएका छन् । यसको अर्थ तिन ब्याडमिन्टन जोडीले एकै पटकमा खेल खेल्न पाउने छन् । नगरको वडा नम्बर ११ को ओदारीमा पहिलो कभर्ड हल बनेको छ । त्यसमा १ जोडीले खेल खेल्न सक्छन् भने दर्शक क्ष्मता पनि कम छ । तर यस कभर्ड हलमा भने एकै पटक ३ जोडीले खेल्न सक्ने छन् र दर्शक क्षमता चारदेखि ५ सय सम्म रहेको छ ।

रङ

कभर्ड हलको अर्को आकर्षणको पक्ष रङ पनि रहेको छ । तिन कोडमा तिन फरक फरक रङ लगाइएको छ । जसले गर्दा खेल्ने र हेर्ने दुवैलाई असाध्य सुन्दर लाग्छ । एउटा कोड रातो रङको छ भने अरु २ कोड निलो र हरियो रङमा छ ।

खेलाडी उत्पादनमा कोषेढुङ्गा

यो कभर्ड हल अब राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा कोषेढुङ्गा सावित हुने छ । नगरमा हुने बिभिन्न प्रतियोगितामा प्रशस्त सम्भावना बोकेका खेलाडी भएकाले अब यो कभर्ड हल निर्माणपछि ती खेलाडीलाई राष्ट्रिय स्तरका प्रशिक्षकबाट तालिम दिन सकिने जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष छवि रेश्मी बताउनु हुन्छ । कभर्ड हलको थप स्तरउननति गर्न रकम अभाव रहेको भन्दै फेसबुकमा यस्तो लेख्नु भएको छ ।

“लुम्बिनी प्रदेश सरकार र बाणगंगा नगरपालिकाको सयुक्त लगानीमा निर्माण कार्य अन्तिम चरणमा कर्बड हल निर्माणको लागी सहयोग गर्नुहुने प्रदेश सासंद माननीय बिष्णु पन्थी, बाणगंगाका नपा मेयर मगंल प्रसाद थारु, उप मेयर चक्र अर्याल, कार्यकारी अधिकृत, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख मिनप्रसाद पोख्रेल र उपभोक्ता समितिका अध्यक्ष खड्क आले लगायत सबैलाई हृदय देखिनै धन्यवाद दिन चाहान्छु । ३ वटा कोड सहितको जिल्लामा एकमात्र लागत रकम २४ लाख मात्र ! कर्बड हलको लागी केही रकम अभाव देखिएकाले सम्बन्धीत सबैको ध्यान जाओस् ।”

वरिपरी सबैमा बार लगाइएकाले वायुरहित कभर्ड हल बनेको छ । खुला स्थानमा ब्याडमिन्टन खेल्दा हावाले प्रभावित पार्ने भएकोमा अब कभर्ड तयार भएपछि हावाले कुनै खेल प्रभावित पार्ने छैन ।

यस कभर्ड हललाई चार नम्बरमा बनाउन जिल्ला खेलकुद विकास समितिको महत्वपूर्ण योगदान छ । उसैको पहलमा बिभिन्न अवरोधबीचमा त्यहाँ कभर्ड हल बनेको हो । यो संगै नगरमा २ कभर्ड हल निर्माण भएका छन् । निर्माण भएका कभर्ड हलले जिल्लामा खेलकुदको थप विकास हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७ शनिबार ००:००  ५ : २४ बजे