१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

सन्दिपलाई नखेलाएको दिल्ली मुम्बईविरुद्ध निरिह, १ सय ११ रनको लक्ष्य पेश



एजेन्सी ।

इन्डियन प्रिमियर लिग ९आइपिएल० को ५१ औं खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १ सय ११ रनको सामान्य लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १० रन बनायो । दिल्लीका कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । दिल्लीले पहिलो ओभरको तेस्रो बलमा ओपनर शिखर धवनलाई शून्यमा गुमाएको थियो । धवन ट्रेन्ट बोल्टको बलमा सूर्यकुमार यादवबाट क्याच आउट हुन पुगेका थिए ।

बोल्टलेनै तेस्रो ओभरको अन्तिम बलमा अर्का ओपनर पृथ्वी शालाई १० रनमा विकेटकिपर क्विन्टन डी ककबाट क्याच आउट गराउँदै दोस्रो सफलता दिलाए । स्पिनर राहुल चहरको ११ औं ओभरको दोस्रो बलमा कप्तान श्रेयस ऐर २५ रनमा स्टम्पिङ आउट भए । ऐरले २९ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

१२ औं ओभरको पहिलो बलमा जस्प्रित बुमराहले मार्कस स्टोइनिसलाई २ रनमा डी ककबाट क्याच आउट गराए । दुई बलपछि ऋषभ पन्त २१ रनमा एलबिडब्लू आउट हुँदा दिल्ली ६२–५ को कमजोर अवस्थामा पुगेको थियो । पन्तले २४ बलमा २ चौका प्रहार गरे । बुमराहलेनै १४ औं ओभरको अन्तिम बलमा हर्षल पटेललाई ५ रनमा एलबिडब्लू आउट गरे ।

नाथन कुल्टर नाइलको १६ औं ओभरको दोस्रो बलमा ठूलो सट खेलेका शिम्रन हेटमायर क्रुनाल पान्ड्याबाट ११ रनमा क्याच आउट भएपछि दिल्लीबाट ठूलो योगफलको सम्भावना टाढिएको थियो । तल्लोक्रममा रविचन्द्रन आश्विन १२, कागिसो रबाडा १२ र प्रविन दुबेले ७ रन जोडे । मुम्बईका जस्प्रित बुमराहले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । नाथन कुल्टर नाइल र राहुल चहरको नाममा एक एक विकेट रह्यो ।

प्रकाशित मिति : १५ कार्तिक २०७७ शनिबार ००:००  ५ : ५९ बजे