१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

आईपीएलः दिल्लीको लज्जास्पद हार, मुम्बईको शानदार जित



एजेन्सी ।
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत शनिबार भएको पहिलो खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्समाथि शानदार जित हात पारेको छ। युएईको दुबईमा भएको खेलमा मुम्बईले दिल्लीमाथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो।

मुम्बईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११० रन बनाएको थियो।

दिल्लीका लागि कप्तान श्रेयस अय्यरले २५ रन, ऋषभ पन्तले २२, कागिसो राबाडा र रविचन्द्रन अश्विनले समान १२, शिमरोन ह्याटमेयरले ११ र पृथ्वी शाले १० रन जोडेपनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

दिल्लीलाई सस्तैमा समेट्न मुम्बईका ट्रेन्ट बोल्ट र जसप्रित बुमराहले तीन तीन विकेट लिए। राहुल चाहर र नाथन कुल्टर नाइलले एक–एक विकेट हात पारे।

१ सय ११ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रेको मुम्बईले १४ ओभर दुई बलमा लक्ष्य पूरा गर्‍यो। मुम्बईका लागि इशान किशनले ७२ रन, क्वीन्टिन डी ककले २६ र सूर्यकुमार यादवले १२ रन बनाए।

आजको जितसँगै १३ खेलबाट १८ अंक जोडेको मुम्बईले अन्तिम दुईमा स्थान पक्का गरेको छ।

प्रकाशित मिति : १५ कार्तिक २०७७ शनिबार ००:००  ६ : ५१ बजे