१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कोरोनाबाट आज थप २ जनाको मृत्यु



काठमाडौं ।

सुनसरी र धनकुटाका थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । धनकुटाको भेडेटारका वर्षीय पुरुष र सुनसरी बराह क्षेत्र नगरपालिकाकी ४४ वर्षीय महिलाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो ।

७२ वर्षीय पुरुष स्वास्थ्यमा समस्या भएपछि शनिबार अस्पतालमा भर्ना भएका थिए । उनको शनिबार राति साढे १० बजे मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ ।

४४ वर्षीय महिला भने आज आइतबार मात्रै अस्पताल भर्ना भएकी थिइन् । मिर्गौलामा समस्या भएकी उनको बिहान सवा ९ बजे मृत्यु भएको हो ।

प्रकाशित मिति : ३० कार्तिक २०७७ आइतबार ००:००  २ : ४५ बजे