१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

मायादेवी, सुद्धोदन र यशोधरामा एकैपटक ३ अस्पतालको शिल्यान्यास, जनता खुसी



मायादेवी अनलाइन, चार नम्बर ।

सरकारको प्रत्येक पालिकामा अस्पताल निर्माण गर्ने अभियान अन्तर्गत कपिलवस्तुमा एकैदिन ३ वटा अस्पताल भवनको शिलान्यास गरिएको छ। सरकराले सोमवार एकैदिन देशभर ३ सय ९६ अस्पतालको शिलान्यास गरेको जनाएको थियो। जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने ३ पालिकामा अस्पतालको शिलान्यास गरिएको हो।

मायादेबी गाउँपालिका–७ हरनामपुरमा १५ शैया, सुद्धोदन गाउँपालिकाको लवनीमा १० शैया र यशोधरा गाउँपालिकाको सुठौलीमा ५ शैयाको अस्पतालका शिलान्यास गरिएको हो। हरनापुरमा सांसद सहसराम यादवले भवनका शिलान्यास गरे। हरनामपुर प्राथमिक उपचार केन्द्रको परिसरमा अस्पताल निर्माण हुनेछ। कार्यक्रममा गाउँपालिका प्रमुख बजरंगीप्रसाद चौधरी वडाध्यक्ष लगायतको सहभागिता रहेको थियो।

यस्तै सुद्धोदनको लवनीमा स्वास्थ्य चौकीको परिसरमा गाउँपालिका प्रमुख निसार अहमद खाले अस्पतालको भवनको शिलान्यास गरे। यस्तै यशोधराको सुठौलीमा गाउँपालिका प्रमुख गिरजेशकुमार पाण्डेयले भवनको शिलान्यस गरेका थिए। दक्षिणी क्षेत्रमा एकैपटक ३ वटा अस्पताल भवनको शिलान्यास भएपछि यस भेगका जनताहरु खुसी भएका छन्। कपिलवस्तु, कृष्णगनर र बाणगंगा नगरपालिका बाहेक जिल्लाका १० पालिकामध्ये ७ वटामा अस्पताल छैन।

प्रकाशित मिति : १६ मंसिर २०७७ मंगलबार ००:००  ६ : २० बजे