२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

रोल्पामा ६ केजी चरेससहित एक जना पक्राउ



दाङ ।
६ केजी चरेससहित रोल्पा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको सुनछहरी गाउँपालिका वडा नं. ६ रोल्बाङ बस्ने ४५ वर्षीय जुनिलाल बुढा मगर पक्राउ परेको प्रहरीले जनाएको छ ।

मगरले आलुको बोरोभित्र लुकाएर चरेस लगेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी सहायक निरीक्षक लक्ष्मण तङनामीको कमाण्डमा खटिएको प्रहरीले मगरलाई मंगलबार पक्राउ गरेको थियो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारका अनुसार मगर सवार रा १ ह ५११५ नम्बरको अटो रिक्सा र चालकलाई पनि नियन्त्रणमा लिइएको छ ।

लागूऔषध गाँजासहित थप एक पक्राउ

बाँकेमा २५ किलो अवैध लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका ४ जयरामपुरवा बस्ने ४५ वर्षीय धनिराम यादव छन् ।

इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले यादवको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १९ मंसिर २०७७ शुक्रबार ००:००  ७ : ४७ बजे