८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

दाङका थप तीन कोरोना संक्रमितको बाँकेमा मृत्यु



दाङ ।

दाङका थप ३ जना कोरोना भाइरस संक्रमितको बाँकेमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिकाका ३ जना कोरोना संक्रमितको छन्। तुलसीपुरमा उपमहानगरपालिका १६ का २६ वर्षीय पुरुष, वडा नं ११ का ४५ वर्षीय पुरुष र वडा नं ५ का ८१ वर्षीय पुरुषको बाँकेमा उपचारको क्रममा मृत्यु भएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए।

२६ वर्षीय पुरुषको राति करिब १२स्१० बजे र ४५ वर्षीय पुरुषको राति करिब ९ बजे भेरी अस्पताल नेपालगञ्‍ज र ८१ वर्षीय पुरुषको राति करिब १०ः४५ बजे बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए।

उनीहरुको पिसिआर परीक्षण गर्दा क्रमशस् यही मंसिर १०, ३ र १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै तुलसीपुरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १७ पुगेको छ। त्यस्तै, जिल्लामा बिहीबारसम्म कोरोना भाइरस संक्रमितको संख्या ३ हजार १७० पुगेको छ।

स्वास्थ्य कार्यालय दाङका अनुसार २२ हजार ३९४ स्वाब संकलन गर्दा ३ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये २ हजार ७५३ जना निको भएर डिस्चार्ज भएका छन्, भने ३८५ जना सक्रिय संक्रमितहरू रहेको स्वास्थ्य कार्यालय दाङका कोभिड १९ फोकल पर्सन कमल चन्दले जानकारी दिए।

उनका अनुसार जिल्लामा बिहीबार राति ८ बजेसम्मको तथ्यांकअनुसार ३२ जना संक्रमितहरूको मृत्यु भइसकेको छ। त्यस्तै, सक्रिय संक्रमितमध्ये ३२५ जना होम आइसोलेशन र ६० जना संस्थागत आइसोलेशनमा रहेको समेत फोकल पर्सन चन्दले जानकारी दिए।

प्रकाशित मिति : १९ मंसिर २०७७ शुक्रबार ००:००  ११ : ४८ बजे