२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

आफूलाई अलग्गै नसम्झिन वरिष्ठ नेता नेपालको ओलीलाई चेतावनी



काठमाडौं ।
नेकपा वरिष्ठ नेता माधव नेपालले स्थायी कमिटी बैठकमा आउनका लागि चाहिने समय माग्न आग्रह गरेका छन् । शनिबारको सचिवालय बैठकमा बोल्दै वरिष्ठ नेता नेपालले बैठकलाई नटार्न समेत प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

‘बैठकमा जाऊँ, उठेका विषयमा छलफल गरौं । त्यसपछि दोषी को हो के कमजोरी छन्, छुट्टयाऊँ । त्यसको समाधानको विधि पत्ता लगाऊँ,’ वरिष्ठ नेता नेपालको भनाइ उद्धृत गर्दै श्रोतले भन्यो, ‘बैठकलाई नटारौं, कति दिन तपाईंलाई समय चाहियोरु दुई दिन, तीन दिन, चार दिन, कति दिन चाहियो, दिन सकिन्छ । तर बैठक सधैंका लागि टार्न सकिँदैन ।’

आफूलाई अलग्गै नसम्झिन समेत प्रधानमन्त्री ओलीलाई नेपालले सुझाएका थिए । उनले आफूहरू सबै समान रहेको भन्दै अरूलाई दाष नसम्झिन समेत भनेका थिए । आफ्नो गल्तीमा आत्मलोचना गर्न र अरूका कुरा सुन्न पनि नेपालले प्रधानमन्त्री ओलीलाई भनेका थिए ।

प्रकाशित मिति : २० मंसिर २०७७ शनिबार ००:००  ९ : ३१ बजे